नेपाल बैंकले खुलायो ४६ जनालाइ रोजगारको अवसर, यसरी दिनुस् आवेदन

१ असार २०८०, शुक्रबार ११:१६

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।

बैंकले बागमती, गण्डकी, लुम्बिनी र कणाली प्रदेशमा रहेका शाखाहरुका लागि ३३ जना सहायक पद (चौथो तह)मा कर्मचारी कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नातक तह उत्तिर्ण गरेको हुुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक उम्मेदवारहरुले असार २१ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी असार २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*