नगद फिर्ता रोकदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न बीमकलाई बीमा प्राधिकरण लुम्बिनी प्रदेशको निर्देशन

३२ जेष्ठ २०८०, बिहीबार १९:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई नगद फिर्ता गर्नेदेखि बीमाको दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले प्रदेश प्रमुखहरुलाई राखेर बीमा व्यवसाय व्यवस्थित र विश्स्वनीय कायम गर्न यस्तो निर्देशन दिएको हो ।

कम्पनीले नगद फिर्ताको बिषयमा बिशेषत ध्यानमा राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । भोलिको दिनमा बीमा विकृती मैलाउन नदिन यस्ता बिषयहरु सजगता अपाउन यस्ता निर्देशन दिएको बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताए ।

कम्पनीले व्यवसाय लिए बापत नगद, जिन्सी तथा अन्य कुनै पनि माध्यमबाट सम्बन्धित बीमितलाई प्रभाव पार्ने गरेको पाइएको भन्दै सो कार्यलाई रोक्ने निर्णय भएको छ।उनका अनुसार उक्त प्रचलनले कम्पनीको नाफा लगायत अस्वस्थ प्रतिस्पर्धा हुन गएकोले सो कार्यलाई रोक्नको लागि बीमकका लुम्बिनी प्रदेश प्रमुखहरुको सहमतिमा सो निर्णय भएको हो ।

छलफलमा स्थानीय तहसँग अन्तरक्रिया गर्ने, उधारो बीमालाई रोक्ने, दररेटलाई पालना गर्नेदेखि नगद फिर्ता गर्नेसम्मको निर्णय भएको बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताए ।लुम्बिनी प्रदेशमा रहेका बीमा कम्पनीले कुनै एउटा स्थानीय तह, वडा कार्यालयसँग बीमा अन्तक्रिया कार्यक्रम गर्दा त्यसले बीमाको पहुँच विस्तारमा मद्धत पुग्ने हुँदा यस्तो कुरामा बिशेष कुरामा ध्यान दिनुपर्ने प्रदेश प्रमुख थापाले बताए ।कार्यक्रमको उपस्थित सम्पूर्ण प्रदेश प्रमुखहरुमध्ये एक जना प्रतिनिधित्व गर्दै प्रतिवेदन सात दिनभित्र प्राधिकरणको प्रदेश कार्यालयमा अनिवार्य रुपमा पेश गर्नुपर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै, बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) को व्यवस्था बमोजिम पुरा बीमाशुल्क प्राप्त भएपश्चात बीमालेख जारी गर्नु पर्ने व्यवस्थालाई पूर्ण रुपमा यस प्रदेशले पालना गनुपर्ने निर्णय भएको छ।प्राधिकरणको विभिन्न समयमा जारी गरिएको निर्देशिका तथा निर्देशनले तोकिए बमोजिमका दररेटलाई पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । जुन बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (१) को व्यवस्था बमोजिम हुने पर्ने कुरा छलफलमा गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*