साविक सानिमा र जनरल इन्स्योरेन्सका उच्च पदाधिकारी तथा संचालकले कति बुझे तलव भत्ता ?

३२ जेष्ठ २०८०, बिहीबार १४:०७

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा काठमाडौंको अमृतभोग क्याट्रिनमा आज सम्पन्न भएको हो ।

सभाले आथिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन लगायतका अन्य प्रस्तावहरु पारित गरेको छ । पारित प्रतिवेदन अनुसार साविक कम्पनीका कार्यकारी अधिकृत देखि प्रबन्धक तहसम्मका पदाधिकारीहरुलाई भत्ता तथा अन्य सुविधा वापत ४ करोड ७१ लाख ५९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

जस अनुसार साविकको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले २ करोड १४ लाख २ हजार रुपैयाँ र साविकको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले २ करोड ५७ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

यसका साथै, समिक्षा वर्षमा साविकको जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्षहरुले प्रति बैठक ८ हजार रुपैयाँ र अन्य संचालकहरुले प्रति बैठक ६ हजार रुपैयाँका दरले भुक्तानी गरेको पारित वित्तीय विवरणले देखाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*