लगानीकर्ताको हात खालि राखेको राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

३१ जेष्ठ २०८०, बुधबार १५:१६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ ।

बुधबार शेयर बजारमा हरियाली छाएतापनि आज मात्रै वार्षिक साधारण सभा गरेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ५.६२ प्रतिशत अर्थात ९४२ रुपैयाँले घटेर प्रतिकित्ता १५ हजार ८२० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज मोलुुङ्ग हाइड्रोपावर, शुुभम पावर लिमिटेड, युनिलिभर नेपाल लगायत अन्य कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*