एनआइसी एशिया लघुवित्तले माग्यो उच्च तहका कर्मचारी
३१ जेष्ठ २०८०, बुधबार १३:४४
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका २ पदहरुमा उच्च तहका कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै नायव कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नाकोत्तर तह वा सीए उत्तिर्ण गरि ५ वर्ष वा स्नातक तह उत्तिर्ण गरी ७ वर्ष लघुवित्त क्षेत्रमा व्यवस्थापकीय तहमा कार्य गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले असार १३ गतेभित्र संस्थाको वेभसाईट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
संस्थाले आफ्नो कर्पोरेट कार्यालयहरुको लागि रिक्त रहेका पदहरुमा खुल्ला प्रतिस्प्रर्धा मार्फत पदपूर्ति गर्ने भएको छ ।