प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफमा कसको कति लगानी ?
काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी लगानी संचालक महेश शर्माको रहेको छ ।संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधीका रुपमा रहेका संचालक महेश ढकालको कम्पनीमा कुल २० लाख कित्ता शेयर स्वामित्व रहेको छ ।
त्यस्तै, संचालक गौरव अग्रवालको कुल १३ लाख कित्ता, संचालक अञ्जु पाण्डेको १ लाख ३० हजार कित्ता, अध्यक्ष उदय नेपाली श्रेष्ठको ७० हजार कित्ता, संचालक प्रकाश भट्टराईको ६० हजार कित्ता र संचालक इन्द्र प्रसाद शर्माको २० हजार कित्ता शेयर स्वामित्वमा रहेको छ ।
हाल कम्पनीको कायम चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आइपीओ निष्काशनको अनुमति मागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएमा कम्पनीले २१२ रुपैयाँ अंकित मूल्यमा १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्नेछ ।
कम्पनीले ६० लाख कित्ता शेयर अंकित मूल्यमा २१२ रुपैयाँ थप प्रिमियम मूल्यमा बिक्री गर्दा कम्पनीलाई ६७ करोड २० लाख रुपैयाँ अतिरिक्त आम्दानी हुनेछ । बोर्डबाट सोही प्रिमियम मूल्यमै आइपीओ जारी गर्न अनुमति पाएमा कम्पनीको चुक्तापुँजी ४ अर्बमाथि पुग्नेछ ।