आईएमई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै , यस्तो छ कारण
काठमाडौं । यो साता कारोबार सुरु भएको दिनदेखि निरन्तर उच्च खरिद बिक्रिको सूचीमा आईएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेको छ। दोस्रो बजारमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण यो साता नै उत्साहपूर्वक बढेको देखिन्छ ।
हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ५०५ रुपैयाँ रहेको छ। कम्पनीको शेयर हिजोको त्ुलनामा ५।८९ प्रतिशतले वृद्धि भएर २८ रुपैयाँ १० कित्ता बढेको छ । मर्जरपश्चात् कम्पनी थप बलियो हुने देखिएसँगै कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको शेयर बिश्लेषकहरु बताँउछन् ।
कारोबारको आधारमा र पुँजिको आधारमा मजबुत भएसँगै कम्पनीको ग्रोथ राम्रो हुने र कम्पनीले लगानीकर्तालाई उचित प्रतिफल दिन सक्ने आधारमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण भएको बिश्लेषकहरुको आधारमा रहेको छ।