शिखर इन्स्योरेन्सले आफ्ना बीमितहरुका लागि जारी गर्यो यस्तो सूचना

३० जेष्ठ २०८०, मंगलवार १०:२५

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुको लागि सूचना जारी गरेको छ । कम्पनीले सूचनामार्फत बीमा दाबी भुक्तानी लिन अनुरोध गरेको छ ।

कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८० वैशाख महिनादेखि जेठ २० गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म पनि दाबी फर्छ्यौट नभएकोले उक्त दाबी रकम बुझिलिन आग्रह गरेको हो ।

सम्बन्धीत बीमित तथा बीमितका प्रधिनिधिहरुले ३० दिनभित्र कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालयहरु, शाखाहरुमा र कम्पनीबाट सम्बन्धीत दाबीमा खटाईएका सर्भेयरहरुलाई सम्पर्क गरी उक्त दाबी बुझिलिन कम्पनीले अनुरोध गरेको हो ।

साथै कम्पनीबाट हालसम्म पनि बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्त बमोजिमको समयावधीमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहि छाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धी बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*