एलआइसी नेपालका संचालक तथा सिइओ लक्ष्मी प्रसाद दासद्वारा राजिनामा, नयाँ सिइओमा प्रणय कुमार नियुक्त

३० जेष्ठ २०८०, मंगलवार १०:०९

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडको संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रणय कुमार नियुक्त भएका छन् ।

यसअघि संचालक समितिको सदस्य पदमा रहेका तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी सोही पदमा कुमारलाई नियुक्त गरेको हो ।

साथै सोही बैठकले प्रणय कुमारलाई प्रमुख कार्यकारी अधिकृतमा समेत नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*