नेपाल मोबाइल बितरक संघद्वारा देशमा मोबाइलको गैरकानूनी आयात रोक्न आग्रह

२८ जेष्ठ २०८०, आईतवार १४:५३

काठमाडौं । नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, बिक्रि वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित र थप व्यवस्थित गर्न एंवम चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याईएको सर्वविदितै छ । यस प्रणाली सञ्चालनमा आएपछि विद्यमान दर्ता प्रकृया, कानूनी तथा राजस्व सुविधा अन्तर्गत विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याईएका मोबाइल सेटहरूमा सहजिकरण गर्ने एकमात्र उद्देश्य रहेको संघले जनाएको छ ।

मानव जीवनमा गाँस , बास र कपास पछिको अति महत्वपूर्ण बस्तुकोरुपमा मोबाईल फोनको व्यापक प्रायोग हुन थालेको छ । नेपालमा मात्र बार्षिक पचास अर्ब रुपैयाँ बराबरको बैधानिक रूपमा कर तिरेर मोबाईल फोन आयात हुने गरेको छ भने झन्डै पन्ध्र अर्बको हाराहारीमा भन्सार नतिरेका फोनहरु भित्रिने गरेको छ । मोबाईल फोनको कारोबारबाट मात्र नेपाल सरकारले विभिन्न शीर्षकमा आठ अर्ब भन्दा बढी राजस्व संकलन गर्दै आएको छ ।

नेपालमा हाल प्रत्यक्ष र अप्रत्यक्षरुपमा पचास हजार बढी नेपालीले मोबाईल फोनको ब्यवसायबाट रोजगारी प्राप्त गर्दै आएकाछन् भने मोबाईल फोन प्रयोग गरि अनलाइन तथा मोबाईल फोनको सम्पर्क नम्बरबाट आफ्नो ब्यापार प्रबर्द्धन गर्दै लाखौं नेपालीले आफ्नो पेशा चलाउदै आएका छन् । तर पन्ध्र अर्ब रुपैयाँको भन्सार नतिरेका फोनहरुको अनाधिक्रीत आयात तथा बिक्रीवितरणले गर्दा देश र जनतालाई ठूलो नोक्सानी हुदै आएको छ । नेपाल सरकारले बार्षिक तिन अर्ब रुपैया राजस्व गुमाउदै आएको छ ।

संघका अनुसार यसरी भित्रिने फोनहरु मध्य केही चोरीका, केही रिफर्बिस पर्ने तर उपभोक्ताले बैधानिक र अबैधानिक छुटाउन नसक्दा त्यस्ता फोनहरुको पनि बैधानिक सरह मूल्य तिर्दै आएको छ भने बिक्रि पछि पाटपुर्जा नपाउने जस्ता कुराले उपभोक्ता ठगिदै आएका छन ।

एमडिएमएस लागू भएपछि फोनको मुल्य वृद्धि हुन्छ कि भन्ने जिज्ञासा रहेकोमा हामी उपभोक्तालाई ढुक्क बनाउन चाहन्छौं कि मोबाईल फोन उत्पादक कम्पनीले सन्सार भरी फोनको मुल्य र ब्यापारीको मार्जिन आफै निर्धारण गर्नेहुँदा यो सिस्टम लागू भएपछि मोबाइल फोनको मूल्य बढ्ने छैन ।

कार्यक्रममा राजस्व सचिव रामप्रसाद घिमिरे ,नेपाल दुर संचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राजस्व बिभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, भन्सार बिभागका महानिर्देशक सोभाकान्त पौडेल, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक कुमार मलहोत्रा लगायत उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*