हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न, १२ एमडिआरटी सम्मानित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको बनेपा उप–प्रादेशिक कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जेठ २७ गते भएको उक्त कार्यक्रममा बनेपा क्षेत्र आसपासका शाखा कार्यालयका अभिकर्ताहरुको सहभागिता रहेको थियो । बनेपा, पनौती, भकुण्डे, पाँचखाल, मेलम्ची, चौतारा र बाह्रबिसे शाखाका करिब २०० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
मार्केटिङ हेड माधव शर्मा, प्रदेश प्रमुख हरिप्रसाद ढुङ्गाना र प्रदेश उप–प्रमुख दोर्जे लामाको प्रखुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा उपस्थिति अभिकर्ताहरुलाई बीमा जागरण सम्बन्धी अन्तरक्रिया तालिम समेत प्रदान गरिएको थियो । अभिकर्ताहरुको बीमा व्यवसाय सिप लगायतका विषयमा छलफल गरिएको थियो ।
साथै सोही कार्यक्रममा १२ जना एमडिआरटीलाई प्रमाणपत्र वितरण गरी सम्मान समेत गरिएको थियो । कार्यक्रममा एमडिआरटी अप्सरा ढुङ्गाना, इन्द्र विक, विष्णु कुमारी पूलामी, निरञ्जन अधिकारी, नवराज बोलाखे, नबिना बञ्जारा, माधव शर्मा तिवारी, कमल सापकोटा, जेनिशा श्रेष्ठ, राजकुमार चौलागाई, सुरेन्द्र बोगटी र सुमन भुजेल सम्मानित भएका थिए ।
हिमालयन लाइफ इन्स्योरेन्सले देशैभर अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा जेठ २७ गते नै सिन्धुली शाखा कार्यालयले समेत अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एमडिआरटीलाई सम्मान गरिएको थियो । कार्यक्रममा करिब १०० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम होटल प्रयास, रातमाटा सिन्धुलीमा सम्पन्न भएको थियो ।