एलआइसी नेपालद्वारा लाभांश नबाँड्ने घोषणा

२८ जेष्ठ २०८०, आईतवार १०:२२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो ।

कम्पनीको अघिल्लो आव २०७७।७८ को वासलात, सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी सो लाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने कम्पनीले जनाएको छ ।

साथै बीमा प्राधिकरणसमक्ष पेश गरी सोही आवको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*