प्रभु लाइफ र महालक्ष्मी लाइफको साधारणसभा भोलि एकैदिन, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा भोलि बस्दैछ । भोलि प्रभु लाइफको पाँचौं बार्षिक साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेका हुन् ।
प्रभु लाइफको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित होल अकामामा बिहान ११ बजेबाट सुरु हुनेछ।
दुवै कम्पनीको सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित गर्नेछ। मर्जरपश्चात कम्पनकिो नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
दुवै सभाले बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा गाभिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ।