ऋण तिर्नको लागि बीमा रकम हात पार्न आफ्नै श्रीमानको हत्या
काठमाडौं। सप्तरीमा बीमाको नाममा फेरी अर्को हत्या भएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले बीमामा अपराध घटना नहेस् भन्दै कडाई गरेपनि बीमाको अपराध अझै रोक्न सकिएको छैन । बीमा कम्पनीको पोलिसी बिक्रिदेखि अभिकर्ताको योग्यता र अन्डरराईटिङ प्रकृयामा कडाई गरेपनि यस्ता घटना देखिन रोकिन सकेको छैन ।
गत आर्थिक बर्षमा मात्रै दुईवटा बीमा अपराधका दुई घटना भएका थिए । जसमा अपराधमा संलगन व्यक्ति, बीमा अभिकर्ताको मिलोमतोमा ठूलो अपराधको केश प्रहरीले फेला पारेको थियो ।बीमा रकम हस्तान्तरण गरिसकेपछि शंका लागेर गरिएको अनुसन्धानमा बीमा अपराधको घटना बाहिरिएको घटना सेलाउन नपाउदै अर्को बीमा अपराधको जन्म भएको छ ।
यो घटना हो सप्तहरीको, बिशेषत मधेसमा नै यस्ता घटना हुने क्रम बढ्दो छ । यो घटनामा दुई बीमा कम्पनीका अभिकर्ताहरु प्रत्यक्ष सहभागी भएको प्रहरीको आंशका रहेको छ।सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना थुनामा रहेका छन् ।अपराधिक घटनामा संलग्न व्यक्तिलाई साथ दिने बीमा कम्पनीको अभिकर्ता मुख्य दोषी देखिएपनि अदालतले कम्पनीका शाखा प्रमुख पनि यसको जिम्मेवार रहेको भन्दै दोषी ठह्राएको छ। सप्तहरीमा रकम हत्याउन भएको एक युवकको हत्यामा संलग्न रहेको आरोपमा बीमा अभिकर्ता र कर्मचारी पुर्पक्षका लागि कारागारमा थुनामा परेका छन् ।
उक्त घटनामा बीमा कम्पनीकी शाखा प्रमुख र मनी ट्रान्सफरका सञ्चालकसँग अदालतले पाँच÷पाँच लाख रुपियाँ धरौटी मागेको छ ।जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले सप्तरीको कञ्चनरुप नगरपालिका–९ निवासी एनआइसी एशिया लघुबित्तमा कार्यरत रही एक इन्स्योरेन्सको बीमा अभिकर्ता श्रवण सरवरिया र सोही कम्पनीमा कार्यरत सप्तरीको खडक नगरपालिका–३ बनरझुलाका सुर्यनारायण चौधरीलाई बिहीबार कारागारमा पठाएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
उक्त घटनामा सिरहाको लहान नगरपालिका–६ निवासी एक कम्पनीका शाखा कार्यालय कञ्चनरुपकी प्रमुख रीताकुमारी साह र कञ्चनरुप नगरपालिका–२ बदगामा निवासी तेजमनी ट्रान्सफर एण्ड ट्रेडर्सका सञ्चालक एवम उक्त कम्पनीकै अभिकर्ता शंकरकुमार गुप्तासँग अदालतले जनही पाँच लाख रुपियाँ धरौटी मागेको छ ।
अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार उक्त हत्या घटनामा तीन जना यसअघिदेखि नै पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।कञ्चनरुप नगरपालिका–३ का ३७ वर्षीय शिवशंकार दासको हत्या आरोपमा निजकी श्रीमती ३० वर्षीया कोशिलादेबी दास, भाउजु नाताकी शान्तिदेबी दास र बुहारी पर्ने हिरणदेबी दास गत वैशाख ११ गतेदेखि थुनामा छन् । उनीहरु चैत १५ गते पक्राउ परेका थिए ।
घटना अनुसार करेन्ट लागेर कात्तिक ६ गते शिवशंकर दासको मृत्यु भएको भन्दै निजकी श्रीमती कोशिलादेबीले प्रहरीलाई खबर गरिन् ।घटनास्थलमा पुगेको प्रहरीले पनि करेन्ट लागेर नै शिवशंकरको मृत्यु भएको भनेर विश्वास ग¥यो । तर अनुसन्धानका क्रममा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक दिपक रायले बताए ।
अनुसन्धानका क्रममा बीमा रकम हत्याउन गरिएको हत्याको रहस्य खुलेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ रायले बताए ।प्रहरीले उजुरी दर्ता गरेकै दिन मृतककी श्रीमती, भाउजु र बुहारीलाई चैत १५ गते पक्राउ ग¥यो । प्रहरीका अनुसार आरोपितहरूले ऋण चुक्ता गर्न योजनाबद्ध तरिकाले शिवशंकरको हत्या गरेको बताए ।
आरोपितहरूको बयान अनुसार घरव्यवहार चलाउन दास दम्पतिले शान्तिदेबीसँग ऋण लिएका थिए । दाउरा बेचविखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन् ।
शान्तिदेबीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । त्यसक्रममा शान्तिदेबीले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् ।
योजना अनुसार शान्तिदेबीले रकम उपलब्ध गराएपछि घटनाभन्दा दुई महिनाअघि शिवशंकरको दुई जीवन बीमा कम्पनी २०/२० लाख रुपियाँको बीमा गरायएको थियो ।शान्तिदेबीले नै ५ गते साँझ शिवशंकरलाई आफ्नो घरमा बोलाएर मदिरा खुवाएर पठाइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बिजुलीको तार बेरेर करेन्ट लगाइन् । करेन्ट लगाउने बेला बुहारी हिरणदेबीले टर्च बालेर सहयोग गरेकी थिइन्।
घटना पत्ता लगाएपछि के भयो ?
जिल्ला अदालतबाट वैशाख ५ गते पक्राउ पुर्जी जारी भएपछि उनीहरू अदालतमा हाजिर भएको थियो ।कञ्चनरूप नगरपालिका–३ का ३७ वर्षीय शिवशंकार दासको हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ३० वर्षीया कोशीलादेवी दास, भाउजू नाताकी शान्तिदेवी दास र बुहारी पर्ने हिरणदेवी दासलाई चैत १५ गते नै पक्राउ गरेको जिल्ला अदालत सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।
करेण्ट लागेर कात्तिक ६ गते मृत्यु भएको भनिएका शिवशंकरको घटना अनुसन्धानका क्रममा बीमा रकम हत्याउन हत्या गरिएको रहस्य खुलेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डिएसपी दीपककुमार रायले बताए।
हत्याको रहस्य पत्ता लागेपछि अशोक दास तत्माले चैत १५ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले दर्ता भएको थियो ।प्रहरीले सुरुमा मृतककी श्रीमती, भाउजू र बुहारीलाई चैत १५ गते पक्राउ गन्यो । प्रहरीका अनुसार आरोपितहरूले ऋण चुक्ता गर्न योजनाबद्ध तरिकाले शिवशंकरको हत्या गरेको बताए।
आरोपितहरूको बयानअनुसार घरव्यवहार चलाउन शिवशंकर र कोशीलादेवीले शान्तिदेवीसित ऋण लिएका थिए ।शान्तिदेवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । दाउरा बेचबिखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन्। त्यसक्रममा शान्तिले नै कोशीलालाई बिमा गरी श्रीमान्को हत्या गर्न सुझाएकी थिइन् ।
शान्तिले हत्यापछि बीमााबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि निकै रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमान्को हत्या गर्न तयार भइन् ।
कतिको बीमा गराइएको थियो ?
योजनाअनुसार शान्तिदेवीले उपलब्ध गराएपछि घटनाभन्दा दुई महिनाअघि शिवशंकरको दुई इन्स्योरेन्स कम्पनीमा २०/२० लाख रुपैयाँको बीमा गराएका थिए । मदिरा खुवाई योजनावद्ध ढंगबाट हत्या गरिएको यस घटनामा देखिएको छ।
श्रीमान्को करेन्ट लागेर मृत्यु भएको भन्दै कोशीलादेवीले प्रहरीमा उजुरी दिएको थियो । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर नै शिवशंकरको मृत्यु भएको भनेर प्रमाणित गरेको थियो । तर, अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको प्रहरीले जनाएको छ।
जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको वैशाख ११ गतेको इजलाशबाट आरोपितहरू कोशिलादेवी, शान्तिदेबी र हिरणदेवी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।
जिल्ला अदालतबाट वैशाख ५ गते पक्राउ पुर्जी जारी भएपछि उनीहरू अदालतमा हाजिर भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताए । कञ्चनरूप नगरपालिका–३ का ३७ वर्षीय शिवशंकार दासको हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ३० वर्षीया कोशीलादेवी दास, भाउजू नाताकी शान्तिदेवी दास र बुहारी पर्ने हिरणदेवी दासलाई चैत १५ गते नै पक्राउ गरेको थियो।
करेण्ट लागेर कात्तिक ६ गते मृत्यु भएको भनिएका शिवशंकरको घटना अनुसन्धानका क्रममा बिमा रकम हत्याउन हत्या गरिएको रहस्य खुलेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डिएसपी दीपककुमार रायले बताए। हत्याको रहस्य पत्ता लागेपछि अशोक दास तत्माले चैत १५ गते दिएको उजुरी इलाकाप्रहरी कार्यालय कञ्चनरुपले दर्ता गरेको थियो । प्रहरीले सुरुमा मृतककी श्रीमती, भाउजू र बुहारीलाई चैत १५ गते पक्राउ गन्यो । प्रहरीका अनुसार आरोपितहरूले ऋण चुक्ता गर्न योजनाबद्ध तरिकाले शिवशंकरको हत्या गरेको बताए।
आरोपितहरूको बयानअनुसार घरव्यवहार चलाउन शिवशंकर र कोशीलादेवीले शान्तिदेवीसित ऋण लिएका थिए । शान्तिदेवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । दाउरा बेचबिखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन्। त्यसक्रममा शान्तिले नै कोशीलालाई बिमा गरी श्रीमान्को हत्या गर्न सुझाएकी थिइन् । शान्तिले हत्यापछि बिमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि निकै रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमान्को हत्या गर्न तयार भइन् ।
योजनाअनुसार शान्तिदेवीले उपलब्ध गराएपछि घटनाभन्दा दुई महिनाअघि शिवशंकरकोदुई कम्पनीमा २०/२० लाख रुपैयाँको बीमाा गराए । शान्तिदेबीले नै ०७९ कात्तिक ५ गते शिवशंकरलाई आफ्नो घरमा बोलाएर मदिरा खुवाएर पठाइन्। मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशीलाले बायाँ हातको साहिली औलामा तार बेरेर करेन्ट लगाइन् । करेन्ट लगाउने बेला बुहारी हिरणदेबीले टर्च बालेर सहयोग गरिन् ।
श्रीमान्को करेन्ट लागेर मृत्यु भएको भन्दै कोशीलादेवीले नै प्रहरीलाई खबर गरिन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर नै शिवशंकरको मृत्यु भएको भनेर पत्यायो। तर, अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको डीएसपी रायले बताए ।
जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको वैशाख ११ गतेको इजलाशबाट आरोपितहरू कोशिलादेवी, शान्तिदेबी र हिरणदेवी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।