प्रभु इन्स्योरेन्सको संचालकमा शान्ता गौतम नियुक्त

२२ जेष्ठ २०८०, सोमबार १०:२१

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट महेश खनालले प्रतिनिधित्व गर्दै आइरहेकोमा कोषको पत्राद्वारा खनालको सट्टामा शान्ता गौतमलाई प्रतिनिधि मनोनयन गरी पठाएको हो ।

सोही अनुसार कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक शान्ता गौतमलाई चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*