निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ४.७८ प्रतिशतले बढ्यो, पाँच कम्पनीको व्यवसाय घट्यो (सूचीसहित)

२१ जेष्ठ २०८०, आईतवार १६:५९

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बैशाख मसान्तसम्ममा कुल बीमाशूल्क आर्जन ४.७८ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बृद्धिदरमा राष्ट्रिय बीमा कम्पनी, अजोड, सानिमा जिआईसी अगाडी रहेको छ ।

त्यस्तै, पाँच बीमा कम्पनीहरुको बीमा व्यवसाय गत आर्थिक वर्षको तुलना घटेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा कुल ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा कुल बीमाशूल्क आर्जन ४.७८ प्रतिशतले बढेको छ ।

१५ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेका थिए ।

 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको कुल बीमाशूल्क ३६.६७ प्रतिशतले बृद्धि भई २ अर्ब २ करोड ५१ लाख रुपैयाँ पुुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको थियो ।

दोस्रो नम्बरमा रहेको अजोड इन्स्योरेन्सको कुल बीमाशूल्क आर्जन २७.९५ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिसम्ममा कुल १ अर्ब ७१ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ ।

तेस्रो नम्बरमा रहेको सानिमा जिआईसी इन्स्योरेन्सको कुल बीमाशूल्क आर्जन १६.२ प्रतिशतले बृद्धि भएर १ अर्ब ८२ करोड रुपैयाँ पुुगेको छ ।

चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा नेशनल इन्स्योरेन्सको १०.५६, आइएमई प्रुडेन्सियलको ९.६५, प्रभुको ८, शिखरको ७.१४, एनएलजीको २.७९, ओरियन्टलको २.२६ र नेको इन्स्योरेन्सको १.८५ प्रतिशतले कुल बीमाशूल्क आर्जन बढेको सार्वजनिक विवरणले देखाएको छ ।

समिक्षा अवधिसम्मा पाँच निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशूल्क आर्जन घटेको छ । यस अवधिसम्ममा युनाइटेड इन्स्योरेन्सको ९.९१ प्रतिशतले सर्वाधिक घटेको छ ।

दोस्रो नम्बरमा मर्ज भई एकीकृत कारोबार गरेको सिद्धार्थ प्रिमियरको पनि कुल बीमाशूल्क आर्जन ४.२८ प्रतिशतले घटेको छ ।

बैशाख महिनासम्ममा सगरमाथा लुम्बिनीको ३.४२ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.६२ प्रतिशतले कुल बीमाशूल्क आर्जन घटेको छ ।

यस अवधिसम्ममा नेपाल इन्स्योरेन्सको बीमाशूल्क अन्य सबैभन्दा कम प्रतिशतले घटेको छ । कम्पनीको बीमाशूल्क १.३४ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*