आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सर्वाधिक खरिद माग, लाग्यो सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।
कम्पनीको शेयर ३७८ रुपैयाँ खुलेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको धितोपत्र उच्च खरिद माग गरिएको छ । जसकारण आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । कम्पनीको शेयर ३० जनाले ९६ हजार ७३५ कित्तका लागि माग गरिएको छ ।
लगानीकर्ताहरुले आगामी आवको बजेटमार्फत माग सम्बोधन नभएपछि काठमाडौंका सबै ब्रोकर कम्पनीमा तालाबन्दी गरेका थिए । अर्थमन्त्रालयका सचिवसँग लगानीकर्ताहरुको छलफलमा पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्ने निर्णयसँगै शेयरबजारमा रौनकता छाएको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक ५६ अंकले बढेर १९२३ विन्दुमा पुगेको छ ।