सबै ब्रोकरमा ताला लागेपनि नेप्सेले गरेन शेयर कारोबार बन्द, कुन-कुनको कारोबार कसरी हुँदैछ ?
काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाडौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिसकेका छन् । वार्ताका लागि अर्थमन्त्रालय टोलिसँग छलफलमा बस्दैछन् ।
आन्दोदलनरत टोली वार्तामा बस्दै गर्दा शेयर बजार चलायमान भएको देखिन्छ । ९९ प्रतिशत शेयर कारोबार अनाईनबाटै हुने भएपनि कारोबार सुरु भएको प्रि सेसनमा अपर तामाकोशी बाहेक कुनै कम्पनीको शेयर नेप्सेको सूचकमा देखिएको थिएन् ।
यस अवधिमा सुपर मादीको शेयर र नेपाल टेलिकमको शेयर टप गेनरमा देखिएको छ। सर्वाधिक कमाउनेमा अपर तामाकोशी, सुपर मादी, नेपाल टेलिकम, सलिको र नबिल बैंकको शेयर कारोबार भएको देखिएको छ।
त्यस्तै, टप लुजरमा अपर तामाकोशी र एभरेष्ट बैंक देखिएको छ ।ब्रोकर एशोसिएनमा अनुसार ९९ कारोबार अनलाईनमा हुने देखिएपनि शेयर बजारको पहिलो दिन लाईभ मार्केटमा यसको असर देखिएको छ ।
तिलक कोइरालाको नेतृत्वमा आन्दोलनरत समूहले आज कार्यालय समय अगाडि नै पुगेर विभिन्न ब्रोकर हाउसमा आफ्नो आन्दोलनको पम्प्लेट टास्दै ब्रोकर हाउसहरुमा बाहिर बाट नै ताल्चा लगाएका छन् ।
उनीहरुले ब्रोकर कार्यालयमा ’टिएमएस बन्द कार्यकम जारी छ, खोल्ने प्रयास भएमा सम्बन्धित पक्षले हुने हानी बेहोर्नु पर्ने छ’ लेखिएको पर्चा टासेका छन् । उनीहरुले टिएमएस बन्द गराउन तथा ताल्चा लगाउन टोली नै परिचालन गरेका गरेका छन् ।