आइएमई लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दाबी भुक्तानी
९ असार २०७८, बुधबार १३:२१
कोहलपुर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
बीमितको निधन पछिको १३ दिने काम सकिएलगत्तै कम्पनीले सो रकम मृतककी श्रीमति हिमा न्यौपाानेलाई हतान्तरण गरेको कम्पनीले जनाएको छ ।
कोहलपुर शाखाको सबै कर्मचारी र एजेन्सी म्यानेजर देबेन्द्र पौडेल, खुम डाङ्गी र तेजबहादुर अधिकारीको उपस्थिति रहेको सो कार्यक्रममा कम्पनीका सबै काम डिजिटल माध्यमबाट हुने गरेको कम्पनीका प्रदेश प्रमुखले जानकारी गराएको छ ।
साथै आगामी दिनहरुमा अनलाईन माध्यमबाट दाबिकर्ता आफंैले घरैबाट भुक्तानी लिन मिल्ने व्यवस्थापनतिर कम्पनी लागिपरेको समेत जानकारी गराएको छ ।