आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति
२१ जेष्ठ २०८०, आईतवार १०:२८
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीलाई १५० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगले स्वीकृत प्रदान गरेको छ ।
आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्नेछ ।
जेठ १८ गते बसेको आयोगको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ ।