आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आजदेखि कारोबार खुल्दै, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर आजदेखि कारोबार खुल्दैछ । कम्पनीको शेयर बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भई आजदेखि कारोबारमा आउने भएको हो ।
साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता शेयर सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले ३७० रुपैयाँ ८२ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ रेसियोमा मर्जर सम्झौता भएको हो ।