सांसद सोविता गौतमसँग विवाह गर्ने गृहेन्द्र घिमिरेको गतिविधि शंकास्पद, प्रचण्डका नक्कली भान्जा !

२० जेष्ठ २०८०, शनिबार ११:५०

काठमाडौं । सार्वजनिक व्यक्ति सोविता गौतमले विवाह गरेको तस्विर हिजो सार्वजनिक भयो । सार्वजनिक व्यक्ति पनि व्यक्तिगत जीवन हुन्छ । अहिले स्वतन्त्र पार्टीकी २८ बर्षिय सांसद सोविता गौतमको विवाह आम चासोको विषय बनेको छ ।

विवाह गर्नु मानिसको स्वतन्त्रताभित्र पर्दछ, यस विषयमा चासो राख्नु किमार्थ उपयुक्त होइन । तर, सार्वजनिक व्यक्ति, सांसद पद धारण गरेको व्यक्ति र जनताले धेरै आशा गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोवितासँग लगनगाँठो कसिएको भनिएको हृदयन्द्र घिमिरेका कारण विवादमा परेकी छिन् । त्यसैले अहिले यो विषय आम चासोको विषय बनेको छ । आम चासोको विषय बन्नाको अर्को कारण पनि छ, त्यो हो– प्रधानमन्त्री प्रचण्डको भान्जा ।

कसले कोसँग विवाह गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । तर, हाल देशका प्रधानमन्त्री प्रचण्डका “नक्कली भान्जा” नाता देखाएर भइरहेको चर्चाको कारण अब सोविता गौतमको विवाद व्यक्तिगत विषय मात्रै रहेन । सांसद सोविताले विवाह गरेकी घिमिरे खासमा प्रचण्डको असली भान्जा नभएको तथ्य खुलेको छ । हृदयन्द्र ललितपुरको ग्वार्खोबाट भित्र लुभु–ढुंगिन आसपासका घिमिरे हुन् । काठमाडौंको नयाँ बानेश्वरमा घर भएका प्रचण्डकी कान्छी बहिनी (  ) दाहाल भण्डारीको नाम भजाउँदै प्रचण्डसँगको नक्कली भान्जाको नाता बनाएर दुरुपयोग गर्दै आएको खुलेको छ । उनै भण्डारीमार्फत लामो नाता घिमिरेले प्रचण्डसँग “नक्कली भान्जा” सोझ्याइएको छ । प्रम प्रचण्डकी बहिनी भण्डारीको पनि नाता घिमिरेसँग छैन । उनी प्रधानमन्त्री प्रचण्डको आफ्नै भान्जो नभए पनि विभिन्न ठाउँमा आफूलाई प्रचण्डको आफ्नै भान्जा भनेर चिनाउँदै आएका थिए । हाल घिमिरेको घर चितवन मंगलपुरमा रहेको छ । ‘नजिकै घर भएकोले नाता सोझ्याइएको मात्रै हो, नाता होईन’, प्रम प्रचण्डका एक परिवारका सदस्यले बताए । प्रचण्ड लाजिम्पाटमा बस्दा छोरा प्रकाश दाहालसँग यिनै घिमिरेले केही पटक भेटघाट गरेको भने खुलेको छ ।

घिमिरेले ग्रिष्मा ब्रोडकास्टिङ नामक कम्पनी चलाएका छन् । ग्रिष्मा ब्रोडकास्टिङ नामक एजेन्सीमार्फत एनसेलसँगको सहकार्यमा काम गरेका उनी अमेरिकाबाट नेपाल फर्केपछि अपनाएको नयाँ पेशा भएको खुलेको छ ।

खासमा सोझी सोविता गौतमले विवाह गरेकी गृहेन्द्र घिमिरे अमेरिबाट भागेर नेपाल आएको खुलेको छ । उनले हालका प्रधानमन्त्री प्रचण्डकै नाम बेचेर एनसेलसँगको सहकार्यमा इभेन्ट म्यानेजमेन्टको काम समे गरेका थिए । उनी अमेरिकाबाट नेपाल भागेर आएको भन्ने तथ्य एक कान दुई कान मैदान भई सर्वत्रै फैलिएपछि अहिले गृहेन्द्र घिमिरे सामाजिक सञ्जालबाट बाहिर गइसकेका छन् । उनको चर्को खोजी सुरु भएपछि उनले आफ्नो फेसबुक लक गरेका छन् ।

काठमाडौं क्षेत्र नं २ बाट गत आम निर्वाचनमा प्रत्यक्ष निर्वाचित सोविता गौतमबीच निकै छोटो समयदेखि मात्रै प्रेम सम्बन्ध रहेकोमा हाल उक्त सम्बन्धलाई विवाहमा परिणत गरेको चर्चा बजारमा चलेको छ । जनताको जीवनस्तर परिवर्तन गर्छु भन्दै नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अत्याधिक मतले बिजयी भएकी सांसद आफै विवादित व्यक्तिसँगको सम्बन्धका कारण विवादमा पर्ने त होइन । गत उप निर्वाचनको क्रममा चिनजान भएका उनीहरु मध्ये सांसद सोविता गौतमले वरको घर परिवारबारे बुझेर, सुझबुझपूर्ण निर्णय गरेकी हुन् वा अपरिपक्व निर्णय गरेकी हुन यथार्थ खुल्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*