भारतको उडिसामा भयानक रेल दुर्घटना, तीन वटा रेल दुर्घटनाग्रस्त हुँदा अर्बौ रुपैयाँ बीमा दावी

२० जेष्ठ २०८०, शनिबार १०:४८

काठमाडौं । भारतको इतिहासकै भयानक हिजो भयानक रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा २८८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । करिब १००० जना घाइते भएको सो घटनामा अझै थप मानिसको मृत्यु हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतको उडिसास्थित बालासेर भन्ने स्थानमा एक मालबाहक रेलसँग हावडा–चेन्नाई कोरोमण्डल एक्सप्रेस रेल एक मालबाहक रेलसँग ठक्कर खान पुगेको थियो । बैंङलोरबाट हावडा जाने क्रममा रहेको सो रेल निकै दू्रत गतिमा अघि बढिरहेको थियो । सो रेल ठक्कर खाएर दुर्घटनाग्रस्त भएकै स्थानमा चेन्नेईतर्फ नै जाँदै गरेको सालिमार चेन्नेई सुपरएक्सप्रेस रेल ठक्कर खान पुगेको थियो ।

माल बाहक रेलमा सवार चालक दलका सदस्यहरु सकुशल रहेका छन् भने अन्य दुई यात्रुबाहक रेलमा सवार करिब ४०० जनाको मृत्यु भएको विश्वास गरिएको छ । यद्यपि हालसम्म २८८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ ।

 

भारतीय सञ्चार माध्यम इण्डिया टिभीले २८८ जनाको मृत्यु भएको जनाएको छ । उक्त दुई यात्रु बाहक रेलमा करिब २५०० जना यात्रा गरिरहेका थिए । सो मध्ये अगाडी भागको डिब्बामा यात्रा गर्ने सात वटा डिब्बामा सवार यात्रुहरु गम्भिर घाइते तथा मृत्यु भएको जनाइएको छ ।

पछिल्लो केही दशकदेखि भारतमा रेल दुर्घटना नभएको सम्बन्धमा हिजो भएको भयानक दुर्घटनासँगै राष्ट्रिय शोकको घोषणा गरिएको छ । हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

कोरोमण्डल, मालबाहक रेल र बैंगलोर एक्सप्रेस रेल दुर्घटनापछि भारतभर आज राष्ट्रिय शोकको घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आजै आपतकालिन बैठक राखेर घट्नाको उच्च स्तरीय छानविन समिति गठन गर्ने तयारी गरिरहेका छन् ।

भारत सरकारले घटनामा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेलाई दुई लाख रुपैयाँका राहत प्रदान गर्ने घोषणा गरिएको छ । हाल अस्पतालमा १००० भन्दा बढि घाइतेको उपचार भइरहेको छ ।
घटनास्थलमा अझै रेलमा च्यापिएर रहेका शवहरु निकाल्ने क्रम जारी छ । भारतीय सेना, स्थानीयबासी तथा आपतकालिन उद्धार टोलीले हाल उक्त घटनाको उद्धार तथा उपचार सम्बन्धी सेवा प्रवाह गरिरहेको छ ।

 

उक्त घटनामा अर्बौ रुपैयाँ बीमा दावी पर्ने भएको छ । सयौं मानिसहको मृत्यु भएको र सयौं घाइते भएकोले उनीहरुको उपचार तथा राहत बापत बीमा कम्पनीहरुले करोडौं रुपैयाँ दावी भुक्तानी तिर्नुपर्ने भएको छ । त्यस्तै, तीन वटा रेलमा पुगेको क्षतिबापत बीमा कम्पनीहरुले अर्बौ रुपैयाँको दावी तिर्नुपर्ने भएको छ । थप विवरण आउन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*