आन्तरिक राजश्व विभागले सार्वजनिक गर्यो आयकरको दर, जागिरे, व्यवसाय र शेयर बजारको आम्दानी (कुनको कर कति ? सूचिसहित)
काठमाडौ । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८०–८१ देखि लागू हुने गरी भुक्तानीमा लाग्ने अग्रिम करकट्टी (टीडीएस) को दर रेट सार्वजनिक गरेको छ ।
व्यक्तिगत रुपमा प्राप्त गर्ने लाभ अर्थात आम्दानीमा अग्रिम कर कट्टी हुने गर्दछ । तलव लिँदा, बैठक भत्ता लिँदा जुनसुकै भुक्तानीमा सम्बन्धित कम्पनी वा संस्थाले अग्रिम आयकर बापत लाग्ने रकम कट्टी गरी भुक्तानी गरेको हुन्छ । तलवमा पुरानै पाँच लाख र ६ लाख (विवाहित) को स्ल्याब कायमै छ । उक्त बाहेक अन्य भुक्तानीमा अग्रिम कर कट्टी गर्ने आम्दानीहरुको सूचि कर कार्यालयले सार्वजनिक गरेको छ ।
आकस्मिक लाभबापतको भुक्तानीमा, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट अन्यले प्राप्त गरेको लाभको भुक्तानीमा र नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट अन्य प्राप्त गरेको लाभको भुक्तानीमा ५ प्रतिशत (एक वर्षसम्मको अवधीसम्म होल्ड गरेको अवस्थामा) टीडीएस तिर्नुपर्ने व्यवस्था विभागले गरेको छ।
त्यस्तै, एक वर्ष अवधीभन्दा कम अवधीमा प्राप्त मुनाफामा ७.५ प्रतिशत अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था राजश्व विभागले गरेको छ । नयाँ व्यवस्था अनुसार लगानीकर्ताले पुरानै व्यवस्था अनुसारको लाभ पाउनेछन् ।
नयाँ व्यवस्था अनुसार व्यक्तिगत रुपमा सूचिकृत कम्पनीले गरेको लगानीबाट प्राप्त मुनाफामा १० प्रतिशत कर लाग्नेछ भने लगानी गर्ने व्यक्ति नभई संस्था वा विदेशी रहेछ भने त्यस्तो अवस्थामा २५ प्रतिशत कर तिर्नुपर्नेछ ।