बैशाखमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय यस बर्षकै कम, कुन आर्थिक बर्षमा कति ?
काठमाडौं। आर्थिक बर्षको अन्त्यतिर बीमा व्यवसाय घट्न पुगेको छ। जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १० महिनामा सबैभन्दा धेरै घटेको देखिएको छ। आर्थिक मन्दीको बीमा कम्पनीहरुको प्रत्यक्ष पर्न गएको छ ।
१० अर्ब माथि बीमा व्यवसाय गर्दै आएको जीवन बीमा कम्पनीहरुको व्यवसाय यस अवधिसम्ममा घटेर ९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। मर्जरको कारण कम्पनीहरुको सङख्या घट्न पुगेको छ । त्यस्को असर पनि बीमा कम्पनीहरुमा पर्न गएको छ।
जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको विगत र यस आर्थिक बर्षको तथ्यांक हेर्दा सबैभन्दा घट्ने महिनामा बैशाख महिना परेको छ। नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेललेआर्थिक मन्दीमा पहिलो प्राथमिकता परिवारको आवश्यकता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय घट्न पुगेको बताए ।
आर्थिक मन्दीमा अन्य क्षेत्र झै ४० प्रतिशत ग्रोथ रोकिएको छैन । बजेट, आर्थिक मन्दी र सबै क्षेत्रमा स्ले डाउन भएको अवस्थामा बीमा क्षेत्र जोखिँदैन भनेझै जीवन बीमा व्यवसायमा केही असर पर्न गएको हो। उनले भने । बीमा कम्पनीहरुले गत आर्थिक बर्षको अन्त्यसँगै १५ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
बजेट, आर्थिक मन्दी र सबै क्षेत्रमा स्ले डाउन भएको अवस्थामा बीमा क्षेत्र जोखिँदैन भनेझै जीवन बीमा व्यवसायमा केही असर पर्न गएको हो। उनले भने । बीमा कम्पनीहरुले गत आर्थिक बर्षको अन्त्यसँगै १५ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, भदौ महिनामा १० अर्ब ९८ करोड रुपैयाँ, असोज महिनामा ९ अर्ब ७३ करोड रुपैयाँ, कात्तिक महिनामा १० अर्ब २३ करोड रुपैयाँ, मंसिर महिनामा १३ करोड ५० लाख रुपैयाँ, पुस महिनामा १२ अर्ब १३ करोड रुपैयाँ, फागुण महिनामा १० अर्ब ३३ करोड रुपैयाँ, चैत महिनामा ११ अर्ब रुपैयाँ र बैशाख महिनामा ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।