सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट पाउन अब १० दिन बाँकी
१९ जेष्ठ २०८०, शुक्रबार १३:४०
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट पाउने अब १० दिन बाँकी रहेको छ ।
इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बीमालेखहरु जेठ १२ गतेदेखि आउँदो जेठ २८ गतेभित्र पुनर्जागरण गराउँदा लाग्ने ब्याज शुल्कमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यसअनुसार अब सम्बन्धीत बीमितहरुले व्यतित बीमालेख १० दिनभित्र मात्रै नविकरण गराउँदा ३५% छुट पाउनेछन् ।
कम्पनीले सो अवधिभित्र पुनर्जागरण गराउने बीमितहरुलाई मात्रै छुट दिने जनाएको हो । साथै यस्तो छुट बीमा अवधिभरि एक पटक मात्रै पदान गरिने कम्पनीले जनाएको छ ।