कर्मचारी सञ्चय कोषको स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार

१९ जेष्ठ २०८०, शुक्रबार १०:१२

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषको स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरेको छ ।

आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गरिने बताएका हुन् ।

महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता र स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताका पति वा पत्नीसमेतलाई समावेश गर्ने व्यवस्था मिलाइने छ ।’

सञ्चयकोषमा आवद्ध रहेका करिब पाँच लाख सञ्चयकर्ताहरुको श्रीमान वा श्रीमती दुवैले स्वास्थ्य उपचार पाउने भएका छन् । सरकारको यस निर्णयलाई आम सञ्चयकर्ताहरुले स्वागत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*