सबैको लघुवित्तका संचालक गोपाल जोशीद्वारा राजिनामा
१६ जेष्ठ २०८०, मंगलवार १६:०१
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक गोपाल जोशीले राजिनामा दिएका छन् ।
संस्थाका संचालक जोशीले घरायसी कारण देखाई सो पदबाट दिएको राजिनामा लघुवित्तको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको छ ।