आगामी आवको अन्त्यसम्म कुल विद्युत उतपादन ३६०० मेगावाट पुग्ने
१५ जेष्ठ २०८०, सोमबार १८:४४
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ९०० मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले नेपाल विद्युत प्राधिकरणबाट प्रबद्र्धित १११ मे.वा.को रसुवागढी, १०२ मे.वा. को मध्यभोटेकोशी, ४२.५ मे.वा. को सान्जेन जलविद्युत तथा निजी लगानीकर्ताबाट प्रबद्र्धित हाइड्रोपावर र सोलार आयोजना सम्पन्न गरी ९ सय मेगावाटको विद्युत राष्ट्रिय प्रशारण प्रणाली थप गरिने बताए ।
साथै आगामी आवको अन्त्यसम्म कुल विद्युत उत्पादन ३ हजार ६ सय मे.वा. पुग्ने अर्थमन्त्री महतले बताए ।