वैदेशिक रोजगारमा गएका श्रमिकको बीमा थप व्यवस्थित गरिने
१५ जेष्ठ २०८०, सोमबार १७:४७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारका गएका नेपालीहरुलाई थप व्यवस्था गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
विभिन्न मुलुकहरुसँग गरेका श्रम सम्झौता पुनरावलोकन गरी वैदेशिक रोजगारका गएका श्रमिकहरुलाई न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, मर्यादित रोजगारी, बीमा र तत्काल गुनासो सम्बोधन लगायतका विषयहरु थप व्यवस्थित गरिन अर्थमन्त्री महतले बताए ।