लगानीकर्तालाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने ‘राष्ट्रिय पोर्टल’ तयार पारिने

१५ जेष्ठ २०८०, सोमबार १७:२४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लगानीकर्ताहरुलाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार पारिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

उक्त पोर्टलमा लगानीका क्षेत्रहरु, अवसर, नीतिगत व्यवस्था, कानूनी तथा नीतिगत व्यवस्था, लगानी फिर्ताका प्रावधान तथा प्रक्रिया, प्रोत्साहन सम्बन्धी व्यवस्थाहरु सम्पूण सूचनाहरु समावेश हुने अर्थमन्त्री महतले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*