नेपाल बैंकको संचालक फेरिए
८ असार २०७८, मंगलवार १७:०३
काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक परिवर्तन भएको छ ।
बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका केदार प्रसाद पेनरुको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई मनोनयनण् गरेको जनाएको छ ।
आज असार ८ गते बैंकको तर्फबाट सचिव केशव प्रसाद भण्डारीले एक सूचना जारी गर्दै अबको संचालकमा दाहाल रहने जानकारी नेप्सेलाई गराएको हो ।