अर्थमन्त्रीले बजेट भाषणपछि कति पाउँछन् पैसा ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण आज साँझ सवा ४ बजे सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट सार्वजनिक गर्दैछन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधानको धाराबमोजिम बजेट भाषणको मिति जेठ १५ तोकिएको छ ।
बजेट भाषणा अर्थमन्त्रीले गर्ने र त्यसबापत उनले कति कति भत्ता पाउने चर्चा आम रुपमा हुने गर्छ । आमरुपमा अर्थमन्त्रीले बजेट भाषण गर्दा ४/५ लाख रुपैयाँ पाउने गरेको चर्चा हुने गरेको छ । तर वास्तविकता भने त्यस्तो नहुने पूर्वअर्थमन्त्रीहरु बताउँछन् ।
पूर्वअर्थमन्त्री शंकर कोइरालाका अनुसार नेपाल सरकारको मन्त्रीको हैसियतले पाउने तलब भत्ताबाहेक बजेट भाषण गर्दा अर्थमन्त्रीले थप रकम नपाउने उनी बताउँछन् । उनका अनुसार नेपालमा बजेट भाषण गर्ने अर्थमन्त्रीले पैसा पाउने रहेको तर, अहिलेसम्म नेपालका कुनैपनि अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाएको उनको जानकारीमा नभएको उनी बताउँछन् ।
साथै अहिलेसम्म सबैभन्दा धेरैपटक बजेट भाषण गरेका पूर्वअर्थमन्त्री डा रामशरण महत बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य भएकोले पैसा नआउने बताउँछन् ।