नेपाल लाइफद्वारा पाँच दिन भित्रै ६४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको टीकापुर शाखाले बीमितको परिवार तथा हकवालालाई बीमा वापतको रकम प्रदान गरेको हो ।
कम्पनीले टीकापुर नगरपालिका वडा नं. १ कैलाली घर भएका बीमित नर बहादुर साउदको हकवाला वा उनकी श्रीमति इच्छ्याइएको व्यक्ति ज्ञानु देवी साउदलाई बीमा दाबी वापत ६४ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । बीमित साउदको गत वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।
टीकापुरमा आयोजित एक कार्यक्रम बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त रकम बराबरको चेक स्व. बीमितकी श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो जीवनकालमा स्व. नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५।०५।१३ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र बोनस बापत १४ लाख २५ हजार रुपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ बीमितकी श्रीमितलाई प्रदान गरिएको छ ।
कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।