सुर्यज्योति लाइफको व्यतित बीमालेख पुनर्जागरण गराउँदा कहिलेसम्म पाइन्छ ब्याज छुट ?
१४ जेष्ठ २०८०, आईतवार १३:४४
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ
कम्पनीबाट जारी भएका बीमालेखहरु जेठ १२ गतेदेखि आउँदो जेठ २८ गतेभित्र पुनर्जागरण गराउँदा लाग्ने ब्याज शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो ।
कम्पनीले सो अवधिभित्र पुनर्जागरण गराउने बीमितहरुलाई मात्रै छुट दिने जनाएको हो । साथै यस्तो छुट बीमा अवधिभरि एक पटक मात्रै पदान गरिने कम्पनीले जनाएको छ ।