एनआइबिएल एस क्यापिटलका दुईवटा म्चुचुअल फण्डकै न्याभ घट्यो

१४ जेष्ठ २०८०, आईतवार १०:२१

काठमाडौं । एनआईबिएल एस क्यापिटलको म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाले वैशाख मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । एनआईबिएल समृद्धि फन्ड २ र एनआइबिएल प्रगति फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो ।

वैशाख मसान्त सम्ममा एनआइबिएल समृद्धि फन्ड २ को प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर ८.४२ रुपैयाँमा झरेको छ । चैतमा न्याभ ८.६२ रुपैयाँ रहेको थियो । साथै यता उक्त फन्डको सूचीकृत सेयरमा लगानी घटेर ६२ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ । चैतसम्म सूचीकृत सेयरमा ६६ करोड १५ लाख रुपैयाँ लगानी थियो ।

एनआइबिएल समृद्धि फण्ड–२ योजनाको कुल लगानी वैशाखसम्म १ अर्ब १३ करोड रुपैयाँ बढी रहेको छ । चैतसम्म कुल लगानी १ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।
साथै वैशाख मसान्तसम्म एनआइबिएल प्रगति फन्डको न्याभ पनि घटेर ९.५० रुपैयाँमा झरेको छ । चैतमा न्याभ ९.८१ रुपैयाँ रहेको थियो । वैशाखसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ४२ करोड ५४ लाख रुपैयाँमा सीमित बनेको छ । चैतसम्म सूचीकृत सेयरमा ४५ करोड रुपैयाँ लगानी थियो ।

यो योजना कुल लगानी वैशाखसम्म ५६ करोड ६२ लाख रुपैयाँ बढी रहेको छ । चैतसम्म कुल लगानी ५९ करोड ६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा यस योजनाको कुल व्याय ३ करोड ७८ लाख रुपैयाँ रहेको छ। चैतमा कुल व्याय १ करोड ४४ लाख रुपैयाँ रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*