कुमारी बैंकको शेयर बिक्रीमा, न्यूनतम ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
१२ जेष्ठ २०८०, शुक्रबार ०९:२७
काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिख आवेदन दिन सक्नेछन् ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
यो लिलामी शेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ ।