हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा दाबी फर्छ्यौट गर्न अनुरोध

१० जेष्ठ २०८०, बुधबार १०:४७

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा भुक्तानी लिन अनुरोध गरेको छ । कम्पनीले लामो समयदेखि दाबी फरछ्यौट गरी हालसम्म पनि भुक्तानी लिन नआएका बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन अनुरोध गरेको हो ।

कम्पनीमा विभिन्नस समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, विविध बीमा, बाली तथा पशुपन्छी बीमा तथा घलुबीमाका दाबीहरुको दाबी निवेदन प्राप्त भएको र सोपश्चात सम्पर्कमा नआएका बीमितहरुलाको लामो समयदेखि दाबी भुक्तानी हुन बाँकी रहेको हुँदा उक्त बीमा दाबी फर्छ्यौट गर्न कम्पनीले अनुरोध गरेको हो ।

वैशाख मसान्तसम्म दाबी परेका सम्बन्धीत बीमितहरुले वैशाख दाबी फर्छ्यौटका लागि आवश्यक कागजात सहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धीत बीमितहरुले २१ दिनभित्रमा पनि दाबी फर्छ्यौटको लागि आवश्यक काजगातहरु प्राप्त नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले जनाएको छ ।

 

One thought on “हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा दाबी फर्छ्यौट गर्न अनुरोध

  1. Lekhnath poudel says:

    Corona bima ko bhuktani dinu pardina

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*