उच्च अंकले बढेको शेयरबजारमा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
९ जेष्ठ २०८०, मंगलवार १५:०३
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा रौनकता छाएको छ । लगातार घटेको नेप्से परिसूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा उक्लिएको छ ।
शेयरबजारमा एकाएक उछाल आएसँगै आज दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको १० करोड माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको ८ करोड ९९ लाख, एनआइसी एशिया बैंकको ७ करोड २३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।