जेठ २५ गतेदेखि हुने ‘एशियन इन्स्योरेन्स मिट २०२३’ को तयारी अन्तिम चरणमा, रजिष्ट्रेशन फर्म खुल्यो

८ जेष्ठ २०८०, सोमबार १६:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहनेछ । । जसमा नियामक निकाय बाहेक कसैको सहभागी हुने छैन । नेपालको तर्फबाट नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसको लागि रजिष्टेसन फर्म खुल्ला गरिसकेको छ ।

जसमा नेपालको लागि १५०० रुपैयाँ तोकिएको छ । दुई दिने कार्यक्रममा सहभागी हुन चाह्ने बीमा कम्पनी, सर्भेयर, ब्रोकर, नेपाल रि र अभिकर्ताहरुले फर्ममा सम्पूर्ण विवरण भरेर शुल्क भुक्तानी गरेर मात्रै कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

उक्त सम्मेलनको मूल विषय ‘एशियन इन्स्योरेन्स मिट बिल्डिङ रेजिलेन्स अफ इन्स्योरेन्स टुवार्ड्स इमरजिङ रिस्क’ रहेको छ । उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको बीमा प्राधिकरणले जनाएको छ । सो सम्मेलनमा सहभागी हुनका लागि प्राधिकरणले रजिष्ट्रेसन फर्म खुलाई सकेको छ ।

सम्मेलनका सह–आयोजकमा इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स, एशियाली विकास बैंक र एसेस टु इन्स्योरेन्स इनिसिएटिभ रहेका छन् । सम्मेलनमा बीमा क्षेत्रको विद्यमान अवस्था, जोखिमका साथै सोको निवारणका लागि अवलम्बन गरिएका अन्तरराष्ट्रिय अभ्यासबारे छलफल हुनेछ ।

उक्त सम्मेलनमा सहभागी हुन चाहाने बीमा कम्पनी, सर्भेयर, पुनर्बीमा कम्पनी, ब्रोकर तथा अभिकर्ताहरुले प्राधिकरणले उपलब्ध गराएको वेबसाइट लिङ्क  https://aim-nepal.com/ क्लिक गरेर विस्तृत जानकारी लिन तथा रजिष्ट्रेशन फर्म भर्न सक्नेछन् ।

 

May be an image of text that says 'ASIAN INSURANCE MEET 2023 Asian Insurance Meet 2023 JUNE 8-10, 2023 KATHMANDU, NEPAL International Conference on : "Building Resilience of Insurance Towards Emerging Risks" Conference Objective(s): Explore the changing landscape to understand emerging risks; Understand the techniques to identify, assess and mitigate emerging risks; Develop appropriate strategies and build technical capabilities to minimize impact of emerging risks.'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*