नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

८ जेष्ठ २०८०, सोमबार १०:००

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ । यसका लागि संस्थापक सेयरधनीहरुले काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।

तोकिएको समयपछि संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*