सानिमा रिलायन्स लाइफको शेयर आजदेखि कारोबार हुँदै, कतिमा खुल्ला पहिलो कारोबार ?
७ जेष्ठ २०८०, आईतवार १०:३३
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर आजदेखि कारोबार हुँदैछ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘एसआरएलआई’ सिम्बोलबाट कारोबार हुनेछ ।
साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर आजदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको शेयरलाई नेप्सेले ११९ रुपैयाँ १३ पैसादेखि अधिकतम ३५७ रुपैयाँ ३९ पैसा ओपनिङ्ग रेञ्ज दिन सक्नेछ ।