जनउत्थान सामुदायिक लघुवित्तको सिइओमा सुनिल कुमार राय नियुक्त
७ जेष्ठ २०८०, आईतवार १०:१७
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिल कुमार राय नियुक्त भएका छन् ।
कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले जेठ ७ गतेदेखि लागू हुनेगरी संस्थामा रिक्त रहेको सिइओ पदमा महोत्तरी जिल्ला सम्सी गाउँपालिका वडा नं. ४ निवासी रायलाई नियुक्त गरेको हो ।
रायलाई आगामी ४ वर्ष कार्यकालका लागि सिइओ पदमा नियुक्त गरेको हो । साथै सोही मितिदेखि नै लागू हुनेगरी रायलाई संस्थाको कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ ।