युगेशभक्त वादे श्रेष्ठ बने आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ
५ जेष्ठ २०८०, शुक्रबार १६:३४
काठमाडौं । गत बैशाख २७ गते आपसमा मर्जर भई एकीकृत कारोबार सुरु गरेका आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेकोमा नियामक नेपाल बीमा प्राधिकरणले आज स्वीकृति प्रदान गरेसँगै श्रेष्ठ सिईओ बनेका हुन् ।
नव नियुक्त सिईओ बादे श्रेष्ठ आगामी चार वर्षका लागि सिईओमा नियुक्त भएका हुन् । उनी आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सिईओ हुन् । मर्जरपछि अध्यक्ष र सिईओ आईजिआईबाट हुने सहमति अनुसार श्रेष्ठ नयाँ सिईओमा नियुक्त भएका हुन् ।