राष्ट्रिय पुँजि पलायनलाई कडाई गरिने, निष्क्रिय कोष परिचालन गरी तरलता समस्या हल गरिने

५ जेष्ठ २०८०, शुक्रबार १६:२८

काठमाडौं । सरकारले देशबाट विदेशमा हुने पुँजि पलायनलाई कडाई गर्ने घोषणा गरेको छ । आज संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आवको लागि नीति तथा कार्यक्रम घोषणा गर्दै पुँजि पलायनलाई कडाई गर्ने घोषणा गरेको हो ।

सरकारले भ्रष्टाचार नियन्त्रण प्रवाकारी बनाउने, राष्ट्रिय वित्तीय नीति अझ प्रभावकारी बनाउने, पुँजिगत खर्च बृद्धि गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न तरलता समस्याको समाधान गर्न निष्क्रिय रहेका कोषहरु परिचालन गर्ने घोषणा गरेको छ ।
वित्तीय क्षेत्रको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगानी गरिने सरकाले घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*