नेप्से ७१ अंकले घट्दा सबै उपसूचक राताम्य

७ असार २०७८, सोमबार १५:२८

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७१ दशमल ६ अंकले घटेर २८३४.४१ विन्दुमा कायम भएको छ ।
आज २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा रहेका १३ उपसमूह सबै राताम्यमा नै कायम भएका छन् । हिजो आइतबार पनि नेप्सेका १३ उपसमूह सबै राताम्य भएका थिए । आज सर्वाधिक जीवन बीमा समूहमा ४५१.११ अंकले गिरावट आएको छ र निर्जीबन बीमा समूहमा पनि ४२९.६३ अंकले गिरावट आएको हो ।
लगत्तै बैकिङ समूहमा ३४.२२ अंक, व्यापार समूहमा २९ं६३ अंक, होटल तथा पर्यटन समूहमा १६५.८३ अंक, विकास बैंक समूहमा २१०.२१ अंक, जलविद्युत् समूहमा १५०.२४ अंक, वित्त समूहमा १२०.२२ अंक, उत्पादन तथा प्रशोधन समूहमा १७१.१९ अंक, अन्य समूहमा ५४.६४ अंक, लघुवित्त समुहमा १०५ अंक, म्युचुअल फण्ड समूहमा ०.२१ अंक र लगानी समूहमा ०.५२ अंकले गिरावट आई राताम्य भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*