सानिमा रिलायन्स लाइफको शेयर नेप्सेमा सूचीकृत, आइतबार कतिमा खुल्ला पहिलो कारोबार ?

४ जेष्ठ २०८०, बिहीबार १५:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एसआरएलआई’ सिम्बोलबाट सूचीकृत भएको हो ।

साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई नेप्सेले ११९ रुपैयाँ १३ पैसादेखि अधिकतम ३५७ रुपैयाँ ३९ पैसा ओपनिङ्ग रेञ्ज दिन सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*