दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
४ जेष्ठ २०८०, बिहीबार १५:०७
काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजारमा हरियाली छाएको छ । अघिलो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ३२.३० अंकले बढेर १८७७ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा हरियाली छाएसँगै हिमालयन उर्जा विकास र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । यसका साथै, सिभा श्री हाइड्रोपावर, गणपति लघुवित्त, स्वीत गँगा हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।