युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको लागि पाए अन्तिम स्वीकृती, एकिकृत कारोबार कहिले ?

३ जेष्ठ २०८०, बुधबार १६:०३

काठमाडौं । युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्पन्न भई यही जेठ २१ गते एकीकृत कारोबार सुरु हुने भएको छ । उक्त कम्पनीहरुको कारोबार अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट हुनेछ ।
नेपाल बीमा प्राधिकरणले लामो समयदेखि मर्जरको छलफल गरि निष्कर्षमा पुग्न लागेको कम्पनीले पेश गरेका कम्पनीको मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

मर्जरपछि कम्पनीको सिईओमा कुमार बहादुर खत्री नबन्ने देखिएको छ। के बन्ने भन्ने बिषयमा अन्तिम टुंगो लागेको छैनन्।सहमती अनुसार चाँडै नै हाम्रो एकीकृत कारोबार तय भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*