सन नेपाल लाइफले व्यतित बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने, कहिलेसम्म पाइन्छ ?

३ जेष्ठ २०८०, बुधबार १४:३८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको नविकरण शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

दुई वर्षअघि देखि भुक्तानी नगरिएका र व्यतित भएका बीमालेखको हकमा जेठ ३ गतेदेखि जेठ ३२ गतेसम्म पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

साथै बीमालेख अवधिभित्र एक पटक मात्रै ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*